KhabarUjyalo

डडेल्धुरामा वयस्क चितुवा मृत फेला

१७ श्रावण २०८१, बिहीबार
डडेल्धुरामा वयस्क चितुवा मृत फेला

डडेल्धुरा : डडेल्धुरामा एउटा वयस्क चितुवा मृत फेला परेको छ।

बिहिवार अजयमेरु गाउँपालिका–३ भद्रपुर बजार नजकैको घाँसे जङ्गलमा चितुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ।

मृत चितुवा जिल्ला वन कार्यालय ल्याइएको छ । चितुवा कसरी मर्‍यो भन्ने अनुसन्धान भैरहेको जिल्ला वन कार्यालयले जनाएको छ।

केहीदिन अघि गन्यापधुरा गाउँपालिका–१ स्थित जानकी सामुदायिक वनमा ३३ किलो तौल ५ फिट ५ इञ्च लामो भाले चितुवा मृत फेला परेको थियो।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo