दुबई : सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा युएईको दुबईमा गौरा कार्यक्रम भब्यताका सम्पन्न भएको छ ।
सुदूरपश्चिम सेवा समाज युएईको आयोजनामा समाजका अध्यक्ष मोहन ठकुराठीको सभापतित्वमा “गौरा विशेष सस्कृतिक कार्यक्रम २०२३” सम्पन्न भएको हो ।
कार्यक्रमको प्रमुख अतिथिमा नेपाली समाज युएईका अध्यक्ष वेद प्रसाद अर्याल, विशिष्ट अतिथिमा क्रमश: सुदुरपश्चिमेली नेपाली समाज अन्तराष्ट्रिय समितिका प्रथम उपाध्यक्ष धर्मराज पाण्डेय, सुदूरपश्चिम सेवा समाज युएईका प्रमुख सल्लाहकार दान सिंह महरा (दिनेस) रहनु भएको उक्त गौरा विशेष सास्कूतिक कार्यक्रम विधिवत गौरा पुजा गरी भब्यता साथ सम्पन्न भएको छ।
युएईमा रहनुहुने नेपाली हरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको विशेष अतिथिमा क्रमश: नेपाली जनप्रगतिसिल मन्च युएईका अध्यक्ष वावुराम विश्वकर्मा , नेपाली जनसम्पर्क समिति युएईका सभापति भुवानी प्रसाद तिमिल्सिना, गैर आवासीय नेपाली संघ युएईका अध्यक्ष विकास शाही र गैरआवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान अध्यक्ष एवम् वर्तमान प्रमुख संरक्षक ठाकुर प्रसाद ढुंगाना, त्यसै गरी अतिथिको रुपमा युएईमा कृयाशिल बिभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि ज्युहरु, सुदुरपश्चिम सेवा समाज युएईका संस्थापक एवम वौद्दिक व्यक्तित्वहरु र व्यवसायी हरुको उपस्थिति रहको थियो।
विभिन्न कार्यक्रम हरु आयोजना गरी सुदुरपश्चिमेली कलाकारहरु लाई मञ्च प्रदान गर्दै आईरहेको सुदुरपश्चिम सेवा समाज युएईले यसपाली नेपालबाट अथितिको कलाकारको रुपमा द भ्वाइस अफ नेपालवाट चर्चामा आएका गायक आशिस महर , गायक भुवन प्रकाश वडु र गायिका दिपा रोकाया कार्यक्रममा सहभागी रहेका थिए ।
उक्त गौरा विशेष सस्कृतिक कार्यक्रम समाजका महासचिव प्रकाश दत्त बडुले संचालन गर्नु भएको थियो।