KhabarUjyalo

महिला खेलाडीलाई चुम्बन गरेपछी स्पेनिसका फुटबल प्रमुख निलम्बित

१० भाद्र २०८०, आईतवार
महिला खेलाडीलाई चुम्बन गरेपछी स्पेनिसका फुटबल प्रमुख निलम्बित

एजेन्सी । फिफाले आफ्नो महिला खेलाडीलाई चुम्बन गर्ने स्पेनिसका फुटबल अध्यक्षलाई निलम्बन गरेको छ ।

महिला विश्वकप विजेता जेनी हर्मोसोलाई स्टेडियममै चुम्बन गर्ने स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसलाई फिफाले ९० दिनका लागि निलम्बन गरेको हो । उनलाई ‘फुटबलसँग सम्बन्धित सबै गतिविधिहरू’बाट अस्थायी रूपमा फिफाले निलम्बन गरेको जानकारी दिइएको छ ।

हर्मोसो, उनका सहकर्मी र स्पेन सरकारको कडा आलोचना पछि उनलाई निलम्बन गरिएको हो । स्पेनले पहिलो पटक टूर्नामेंट जितेपछि गत आइतबार रुबियालेसले खेलाडी हर्मोसोलाई ओठमा चुम्बन गरेका थिए ।

हर्मोसोले चुम्बन अवांछित भएको र रुबियालेस अध्यक्ष रहँदासम्म खेल्न अस्वीकार गरेको बताउँदै आएकी थिइन । तर, रुबियालेसले चुम्बन सहमतिमा भएको दावी गर्दै आएका छन ।

रुबियल्स र स्पेनिस फुटबल महासंघलाई हर्मोसोलाई सम्पर्क गर्न प्रतिबन्ध लगाएको छ ।  बिहीबारबाट सुरु भएको अनुशासनात्मक कारबाही सकिएपछि थप जानकारी दिइने फिफाले जनाएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo