KhabarUjyalo

श्रीमतीले रक्सी खान निषेध गरेपछी श्रीमानले गरे आत्महत्या ! 

९ भाद्र २०८०, शनिबार
श्रीमतीले रक्सी खान निषेध गरेपछी श्रीमानले गरे आत्महत्या ! 

भारतको उत्तर प्रदेशमा श्रीमतीले रक्सी खान निषेध गर्दा एक पुरुषले आक्रोशित हुँदै झुण्डिएर आत्महत्या गरेका छन्।

रक्सी पिएर श्रीमान र श्रीमतीको सधैं झगडा हुने गरेको बताइएको छ। शुक्रबार उनले श्रीमानलाई राति अबेरसम्म रक्सी खान मनाही गरेपछि आत्महत्या गरेको प्रहरीले जनाएको छ।

मृत्युको जानकारी पाएर प्रहरीले शवलाई आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाएर थप कानुनी कारबाही अघि बढाएको छ।

श्रीमतीले रक्सी नखान बारम्बार आग्रह गर्दा झगडा हुने गरेको परिवारले जनाएको छ।

मृतकका आफन्तले उनले एक्कासि यति ठूलो कदम चाल्छन् भन्ने पत्तो नै नरहेको बताएका छन्। घटनापछि परिवारका सदस्यहरूबीच हंगामा मच्चिएको छ।

प्रहरी थप अनुसन्धानमा जुटेको छ। मृतकले मजदुरी गरेर परिवार चलाउने गरेका थिए।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo