KhabarUjyalo

उपाधि जितेसँगै कप्तान किरण चेम्जोङले मैदानमै प्रेमिकासँग राखे विवाहकाे प्रस्ताव

१७ श्रावण २०७९, मंगलवार
उपाधि जितेसँगै कप्तान किरण चेम्जोङले मैदानमै प्रेमिकासँग राखे विवाहकाे प्रस्ताव

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले प्रेमिकालाई विवाह प्रस्ताव राखेका छन् । माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेको खुसियाली मनाउने क्रममा प्रेमिका कन्चन निरौलासँग विवाहको प्रस्ताव राखेका हुन् ।

लिगको उत्कृष्ट गोलरक्षक समेत रहेका किरणले टोली उपाधि उचालेर खुसियाली मनाइरहँदा सबैको सामुन्ने प्रस्ताव राखेका थिए । उनले आफ्नो सामाजिक संजालमार्फत उक्त क्षणको भिडियो पनि सार्वजनिक गरेका छन् । किरण र प्रेमिका कन्चन लामो समयदेखि प्रेममा थिए । कन्चन विमान परिचारिका हुन् ।

किरणले आफ्नो टोली माजिया स्पोर्टस एण्ड रिक्रियशनलाई लगातार तेस्रो सिजन च्याम्पियन बनाउन उच्च प्रदर्शन गरेका थिए । माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगमा किरणले दोस्रोपटक उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका हुन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo