२१ श्रावण २०७८, बिहीबार

१० बुँदे घोषणा पत्रसहित काँग्रेस डडेल्धुरा सभापतिमा हरि भट्टको उम्मेदवारी घोषणा!

६ श्रावण २०७८, बुधबार
१० बुँदे घोषणा पत्रसहित काँग्रेस डडेल्धुरा सभापतिमा हरि भट्टको उम्मेदवारी घोषणा!

धनगढीः नेपाली कांग्रेसको १४ औं महाअधिवेशनको मिति नजिकिँदै गर्दा काङ्ग्रेस डडेल्धुरा जिल्ला सभापतिका लागी नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि एवं अभिवक्ता हरि भट्ट उम्मेदवारीको घोषणा गरेका छन् ।
बुधबार बिपी स्मृति दिवसको अवसरमा पत्रकार सम्मेलन गरि जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

२०४७ सालमा बैतडीको पाटन क्याम्पसमा आई. एल पढ्दा नेबिसंघ क्याम्पस इकाईको अध्यक्ष हुँदै २०५३ मा क्षेत्रिय प्रतिनिधि,२०५७ मा अमरगढी नगरसभापति,२०६२ मा महाधिवेशन प्रतिनिधि,२०६७ मा महासमिति सदस्य,२०७२ मा महाधिवेशन प्रतिनिधि भई सकेका छन् ।

जिल्लामा भट्टलाई आगामी जिल्ला सभापतिको बलिया उम्मेदवारको रुपमा हेरेका छन् । पार्टीमा निष्ठा र आस्थावान  छवि बनाएका भट्ट पार्टीमा गुटउपगुट हावी भएकाले गत स्थानियतहको चुनावमा पार्टी हार्नु र योग्य ब्यक्ती नआउनु यसको परिणाम रहेको पनि बताए । पार्टिमा बिगत देखी मुल्यांकनका आधारमा योग्य व्यक्ति भन्दा गुटगतब्यक्तीको हावी भएको बताए । पार्टिलाई संगठित बनाई जिल्लाका पुराना र नयाँ नेता कार्यकर्तालाई समेटेर सशक्त रुपमा अगाडी बढाउनु पर्ने जोड दिए । इतिहासलाई मात्र बजाएर पार्टी अगाडि नबढ्ने भन्दै बर्तमान परिस्थितिको परिवर्तनलाई आत्मसात गरेर पार्टीमा नयाँ उर्जा ल्याउनु पर्ने उनले बताए ।

जिल्लामा रहेको पार्टीको गुटलाई एकताका साथै आगामी हुने स्थानिय तहको निर्वाचनमा जिल्लाका सातवटै स्थानीय तहमा नेपाली काँग्रेसलाई विजयी गराउनका लागि उम्मेदवारी दिएको पनि बताए। आफुलाई पार्टी सभापति शेरबहादुर देउवाको समर्थन रहने पनि बताए । असहज परिस्थितिमा देउवालाई सहयोग गर्दै आएको र यस पटक पनि पार्टी सभापतिमा देउवालाई जिताउनमा लागि पर्ने बताए । जिल्ला सभापतिको उम्मेदवारी दिदै १० बुदे घोषणा पत्र पनि सार्वजनिक गरेका छन् ।

डडेल्धुरा पार्टी सभापतिका लागी पर्शुराम नगरपालिकाका प्रमुख भिम बहादुर साउद,वर्तमान उपसभापती करुणाकर भट्ट र चुडामणी ठकुराठी पनि सभापतिको दौडमा रहेका छन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
0 Shares
Tweet
Share
Share
Pin