२१ श्रावण २०७८, बिहीबार

इन्जिनियर पढाई सकेर बाजुराका लक्ष्मीराज काठमाडौमा कृषि पेशा गर्दै !

६ श्रावण २०७८, बुधबार
इन्जिनियर पढाई सकेर बाजुराका लक्ष्मीराज काठमाडौमा कृषि पेशा  गर्दै !

काठमाडौ : बाजुरा बुढिनंन्दा नगरपालिका ५ का २५ बर्षिय लक्ष्मी राज पाध्याय इन्जिनियर सकेर काठमाडौमा कृषी पेशामा लागेका छन् । पढाई गर्न बाजुराबाट काठमाडौ भित्रएका पाध्याय अहिले ९ रोपनीमा टमाटार खेति सङ्गै गाई पालन गर्दै आएका छन् ।

परापुर्वकाल देखि बुबाबाजेले परम्परागत रुपमा गरिने  कृषि खेतीलाई आधुनिकरण गरेर कृषि खेतीलाई व्यावसायिक खेती बनाउन आफू कृषिमा आएको बताए  । ११ बर्ष अघि काठमाडौंमा अध्ययनका लागि आएको र सुदूरपश्चिम बासीले काठमाडौमा तरकारी खेती गरेको देख्दा आफुलाई हामी पढेलेखेकाले कृषिमा लाग्नु पर्छ भनेर आफुले इन्जिनियर पढाई सङ्गै काठमाडौको ९ रोपनी जमिन भाडामा लिएर ५ बर्ष अघि तरकारी खेती र भैंसी पालन सुरु गरेको उनले बताए । पहिलो बर्ष तरकारी खेती राम्रै भएनी भैंसीबाट राम्रो आम्दानी भएन । उनले दोस्रो बर्ष भैंसीलाई हटाएर चितवनबाट एउटा र चार वटा भारतबाट होलिस्टेन गाई ल्याएर गाई पालन सुरु गरे ।

अहिले उनले टमाटर खेतीसङ्गै ५ वटा गाईबाट दैनिक १ सय पच्चास लिटर दूध उत्पादन गर्ने गरेका छन् । फार्ममा उनका आमाबुवा, बहिनी,कामदार र उनी दैनिक काममा ब्यस्त हुने गरेका छन् ।  त्यही कृषि खेतिबाट काठमाडौमा भाडा लिएर कोठामा परिवार बसाएका छन् भने बहिनीलाई फार्मेसी पढाउदै छन् । बिरामी आमाको उपचार खर्च र घरखर्च चलाएर मार्सिक केही रकम बचत गर्दै आएका छन् । कृषि पेशाले सन्तुष्टि भएको उनले बताएका छन् ।

केही महिनामा गाई गोठ बिस्तार गरेर गाई थपन्ने तयारीमा छन् । आफनै फार्मबाट उत्पादन गरेको दुधबाट डेरि संचालन गर्न लागेको पाध्यायले बताए । यो पढे त्यो पढे भन्दा पनि हामिहरुले बुबाबाजेले गर्दै आएको कृषि पेसालाई आधुनिक तरिकाले अगाडि बढाएर लगे कृषि क्षेत्रले देशको आर्थिकवृद्धि दर माथी पुर्याउन पाध्यायले बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
825 Shares
Tweet
Share825
Share
Pin