२१ श्रावण २०७८, बिहीबार

पानी निकासको विषयमा विवाद हुदा स्थानीयद्धारा प्रहरीमाथि ढुंङ्गामुढा

५ श्रावण २०७८, मंगलवार
पानी निकासको विषयमा विवाद हुदा स्थानीयद्धारा प्रहरीमाथि ढुंङ्गामुढा

धनगढी : धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ मा जमेको पानी निकास गर्न प्रहरीले बल हुँदा झडप भएको छ। उपमहानगरपालिका–३ को हाटबजार, विद्युत कार्यालयलगायतका क्षेत्रमा जमेको पानी निकास गर्न कल्भर्ट खोल्दा वडा नम्बर २ का स्थानीयले विरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो।  सोही क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा १० जना घाइते भएको बताइएको छ।  

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले भने ढुंङ्गामुढा हुँदा ४ जना प्रहरी जवान घाइते भएको बताए। प्रहरीले बल प्रयोग गरि मोहनापुुल–अत्तरिया ६ लेन सडकमा निर्माण गरिएको कल्भर्ट खोल्न खोज्दा केही स्थानीय समेत घाइते भएको बताइएको छ। सोमबार पनि प्रहरीले बल प्रयोग गरेर कल्भर्ट खोलेको थियो। तर वडा नम्बर २ का वासिन्दाले आफ्नो क्षेत्र डुबानमा पर्ने भन्दै कल्भर्ट पुरिदिएका थिए। 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
0 Shares
Tweet
Share
Share
Pin