२१ श्रावण २०७८, बिहीबार

दलित महिला अधिकार मंचद्धारा कोभिड प्रभावितहरुलाई पोषण स्वास्थ्य सामाग्री हस्तान्तरण

५ श्रावण २०७८, मंगलवार
दलित महिला अधिकार मंचद्धारा कोभिड प्रभावितहरुलाई पोषण स्वास्थ्य सामाग्री हस्तान्तरण

धनगढी : दलित महिला अधिकार मंच नेपालले कैलारी गाउँपालिकाका कोभिड प्रभावितहरुका लागि पोषण स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
डि.सी.ए.को सहयोगमा दलित महिला अधिकार मंच नेपालद्धारा संचालित आधार परियोजना अन्र्तगत अति बिपन्न कोभिड प्रभावितहरुको पोषण तथा स्वास्थ्यमा सुधारका साथै कोभिड जोखिम रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस भन्ने उद्घेश्यले उक्त सामाग्री हस्तान्तरण गरिएको संस्थाका राजेन्द्र रैकाले जानकारी गराउनु भयो । उक्त सामाग्रीहरु एक कार्यक्रमका विच दलित महिला अधिकार मंच नेपालका राजेन्द्र रैकाले कैलारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी सत्गौवा थारुलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा कैलारी गाउँपालिकाका प्रवक्ता कमल प्रसाद चौधरी,प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र जोशी,सामाजिक शाखा प्रमुख यगम कलेल र स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र सापकोटा, दलित महिला अधिकार मंच नेपालका जनक भूल,भीष्म चौधरी लगायतको सहभागीता थियो । ५० जना कोभिड प्रभावितहरुका लागि हस्तान्तरण गरिएको पोषण स्वास्थ सामाग्रीहरुमा पल्सअक्सोमिटर ५० पिस,थर्मामिटर ५० पिस,टिस्युपेपर ५० पिस,सेनिटरी प्याड १७ प्याकेट,सेनिटाईजर ५० पिस,टर्चलाईट ५० पिस,ग्लोब्स ४५ पिस,हर्लिक्स ५० पिस,काजु ५०पिस,राजमा ५० किलो,च्यवनप्रास ५० किलो,अालमोण्ड ५० प्याकेट,चिकेन सुप ५० प्याकेट रहेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
0 Shares
Tweet
Share
Share
Pin