११ आश्विन २०७८, सोमबार

गितकार डा.खतिवडाको भजन सङ्ग्रह बजारमा

३० असार २०७८, बुधबार
गितकार डा.खतिवडाको भजन सङ्ग्रह बजारमा

काठमाडौं  : गितकार डा.हेमन्त खतिवडाले भजन सङ्ग्रह प्रकाशित गरेका छन् । भजन  सङ्ग्रहमा गणेश, शिव, दुर्गा, हनुमान, सरस्वती, विष्णु, कृष्ण र लक्ष्मीमाथि लेखिएका  भजनहरु समावेश गरिएको छ ।  भजनहरु  जीवन मृत्युको विषयमा केन्द्रीत भएर  सिर्जना गरिएको  छ ।

कृतिमा एक सय ६ भजन सङ्ग्रहित छन् । उनका पचास भजन आशा भोषले, साधना सरगम, कैलाश खेर, पण्डित जसराज, कुमार सानुलगायतका गायक गायिकाले गाएका छन्  । खतिवडाका  धेरैजसो भजन क्लासिकल र सेमिक्लासिकलमा गाइएका छन् । 

उनले मृत्युलाई पनि उत्सवको रूपमा चित्रण गरेर भजन लेख्दै आएका छन्।जीवनजस्तै मृत्यु पनि उत्सव हुनुपर्छ भन्ने खालका भजन पुस्तकमा छन् । यसमा मानिसलाई उत्प्रेरणा जगाउने र प्रेरित गर्ने खालका जीवन दर्शनका विषय पनि समेटिएका छन् ।

गीतकार स्वयम् प्रकाशक रहेको भजन सङ्ग्रहको मूल्य दुई सय रुपियाँ रहेको छ । डा. खतिवडा २०५३ सालमा सङ्गीत साधक नातिकाजीको स्वर तथा सङ्गीतमा ‘मनमा काँडा बिझेपछि’ बोलको गीत रेकर्ड गराएर साङ्गीतिक क्षेत्रमा प्रवेश गरेका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
5 Shares
Tweet
Share5
Share
Pin