धनगढी : धनगढीको नोभा अस्पतालमा मृत्यु भएका बिरामी नसिव चौधरीका परिवारलाई साढे १३ लाख क्षतिपूर्ति दिने सहमतिपछि आफन्तले शव बुझेका छन्।
नोभा अस्पताल प्रशासन र पीडितका आफन्तबीच शनिबार बेलुका सहमति भएको हो।
अस्पतालले पीडित परिवारलाई क्षतिपूर्तिस्वरुप साढे १३ लाखको चेक दिइएको छ। भने प्रहरीसँगको झडपमा घाइते भएका आफन्तहरूको उपचार अस्पतालले गर्ने सहमति भएको छ।
सहमतिपछि मृतक नसिवको शव पोष्टमार्टमका लागि सेती प्रादेशीक अस्पताल लगिएको छ।
जन्डीसको विरामी भएर साउन ८ गते धनगढीको नोभा अस्पतालमा भर्ना भएका बेलौरीका १७ वर्षका नसिव चौधरीको शुक्रबार अपरान्ह मृत्यु भएको थियो।