डडेल्धुरा : जन्मघर डडेल्धुराको गन्यापधुरा गाउँपालिका २ कोरगाउँ भई हाल कञ्चनपुर घर भएका शताब्दी पुरुष पदमबहादुर मल्लको १०८ वर्षको उमेरमा निधन भएको छ ।
कञ्चनपुरको बेदकोट नगरपालिका १ बस्ने मल्लको शुक्रवार दिउँसो ३ बजे १०८ बर्षको उमेरमा घरमै निधन भएको छोरा राम मल्लले जानकारी दिए ।
मल्लको जन्म वि. सं. १९७४ बैशाख २८ गते डडेल्धुरा जिल्लाको गन्यापधुरा २ कोरगाउँमा भएको थियो ।