धनगढी : धनगढीमा एक फेन्सी पसलमा चोरी भएको छ ।
धनगढी उपमहानगरपालिका १ बुद्ध मन्दिरमा रहेको बसुन्धरा फेन्सी पसलमा बुधबार बिहान चोरी भएको हो ।
पश्चिम तर्फको सटरमा लगाएको ताल्चा फोडेर र र्याकको सिसा काटी पसलबाट सुनको कानमा लगाउने टप, तीन आनाको सुनको औंठी र विभिन्न लुगा कपडा गरि ९० लाख बराबरको चोरी भएको फेन्सी पसलका संचालक गिरिप्रसाद भण्डारीले जानकारी दिए ।
चोरीको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिएको उनले बताए ।
पसल चोरी गर्नेको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।