KhabarUjyalo

कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु

३ श्रावण २०८१, बिहीबार
कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु

धनगढीः कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको लम्कीचुहा नगरपालिका-२ बघनियाकी ४० वर्षीया लक्ष्मी जैसीको करेन्ट लागेर मृत्यु भएको हो।

जैसीले घरमा पोछा (सरसफाई) लगाउने क्रममा फ्रिजको पछाडी पट्टी रहेको तार छुन गई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo