KhabarUjyalo

समाजसेवी मल्लद्वारा बाबुआमा गुमाएका अनाथ बालबालिकालाई ट्रयाकसुट तथा शैक्षिक सामग्री बितरण

१ श्रावण २०८१, मंगलवार
समाजसेवी मल्लद्वारा बाबुआमा गुमाएका अनाथ बालबालिकालाई ट्रयाकसुट तथा शैक्षिक सामग्री बितरण

समाजसेवी मल्लद्वारा बाबुआमा गुमाएका अनाथ बालबालिकालाई ट्रयाकसुट तथा शैक्षिक सामग्री बितरण

डडेल्धुरा : डडेल्धुरा घर भई हाल जापानमा बस्ने युवा समाजसेवी विनय मल्लले परशुराम नगरपालिकामा आमा-बुवा गुमाएका ७७ जना बालबालिकालाई ट्रयाकसुट तथा शैक्षिक सामग्री बितरण गरिएको छ ।

मल्लले व्यक्तिगत सहयोगबाट डडेल्धुरा , परशुराम नगरपालिका भित्रका आमा गुमाएका ७७ जना अध्यननरत विद्यार्थीहरुलाई अध्ययन गर्न सहज होस् भन्ने उदेश्यले हिन्दु युवा संघ ,जिल्ला कार्य समिती डडेल्धुरा मार्फत स्कुल ट्रयाक सुट तथा शैक्षिक सामग्री वितरण गरिएको हो ।

उक्त कार्यमा प्रत्यक्ष ,अप्रत्यक्ष रूपमा सहयोग गर्ने विश्व हिन्दु युवा संघ ,जिल्ला कार्य समिती डडेल्धुरा लगायतलाई धन्यवाद दिएका छन् ।

समाजसेवी मल्ल डडेल्धुराका अनाथ, टुहुरा, गरिव, बिपन्न परिवार तथा विद्यार्थी लगायत संघसंस्थालाई सहयोग गर्दै आएका छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo