KhabarUjyalo

कैलालीको खुटिया नदीमा हाम फालेका पुरुषको मृत्यु

१ श्रावण २०८१, मंगलवार
कैलालीको खुटिया नदीमा हाम फालेका पुरुषको मृत्यु

धनगढीः कैलालीमा पुलबाट नदीमा हाम फालेका पुरुषको मृत्यु भएको छ।

गोदावरी नगरपालिका–८ स्याउले स्थित खुटिया नदिको पुलबाट नदीमा हाम फालेका सोही ठाउँ बस्ने ५५ वर्षीय जोक्करबहादुर गुरुङ्को मृत्यु भएको हो।

गुरुङ्ले सोमवार राति ११ः३० बजे नदीबाट हाम फालेका थिए। पुलबाट हाम फालेर गम्भीर घाइते भएका गुरुङको सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनलाई डाक्टरले राति साढे १२ बजे मृत घोषणा गरेका थिए। घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo