धनगढी : कञ्चनपुरको कृष्णपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
जिल्लाको कृष्णपुर नगरपालिका – ७ मा पैदल यात्री ५४ वर्षीय मोहन खड्काको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो ।
ना ५ ख ३४९१ नम्बरको उक्त बस चालक कृष्णपुर नगरपालिका – ७ कै २८ वर्षीय सुरेन्द्र बोहराले अत्तरियाबाट घरतर्फ लग्दै गर्दा शनिवार राती १० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।