KhabarUjyalo

दुर्घटना स्थलभन्दा ५० किलोमिटर पश्चिममा भेटियो एक यात्रुको शव

३० असार २०८१, शनिबार
दुर्घटना स्थलभन्दा ५० किलोमिटर पश्चिममा भेटियो एक यात्रुको शव

काठमाडौ:  त्रिशूली नदीमा खसेको बसमा रहेका एक यात्रुको शव फेला परेको छ। भरतपुर महानगर पालिका वडा नम्बर २९ सिमलतालबाट यात्रुसहित दुई वटा बस बेपत्ता भएको दोस्रो दिन पश्चिम चितवनको मेघौलीको गोलाघाटमा एउटा शव भेटिएको छ ।

दुर्घटना स्थल सिमलताल भन्दा करिब ५० किलोमिटर पश्चिममा पर्ने गोलाघाट नारायणी नदी किनारमा सो शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले नदी किनारमा भेटिएको शव ऋषिपाल साहको रहेको बताएका छन् ।

मृतक घोप्टो परेको र आधा शरीर बालुवामा गाडिएको अवस्थामा भेटिएको छ । उनको साथमा भेटिएको ग्लोबल आइएमई बैंकको भिसा डेविट कार्डबाट नाम खुलेको हो । उनी कुन गाडीमा सवार थिए भन्ने खुलेको छैन ।

मुचुल्का उठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo