KhabarUjyalo

धनगढीको मोहना किनारमा वेवारिसे शव भेटियो

२९ असार २०८१, शुक्रबार
धनगढीको मोहना किनारमा वेवारिसे शव भेटियो

धनगढी : धनगढीको मोहना नदी किनारमा वेवारिसे अवस्थामा शव फेला परेको छ । धनगढी उपमहानगरपालिका–९ को मोहना नदीको किनारमा बिहीबार वेवारिसे अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले बिहीबार दिउँसो नदीको किनारमा अन्दाजी ३०\ ३५ वर्षको देखिने पुरुषको शव फेला परेको जानकारी दिए । उनको पहिचान भने गर्न सकिएको छैन ।

घटनास्थल कार्य सकेर प्रहरीले वेवारिसे अवस्थाको शवलाई सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । वर्षातको समय भएकाले शव बगेर आएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo