काठमाडौं । नेपाली कांग्रेसले आन्दोलनको क्रममा कालोमोसो दल्नेको सदस्यता खारेज गर्ने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकले आन्दोलनको क्रममा अमर्यादित व्यवहार, शारीरिक आक्रमण, कालोमोसो दल्नेको सदस्यता स्वतः खारेज गर्ने निर्णय भएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिएका हुन् ।
उनले भने, ‘जातीयविभेद, घरेलु हिंसा या अन्य सामाजिक विसंगतिहरुमा प्रमाणित वा कुनैपनि प्रकृतिका मागहरु अघि सारेर आन्दोलन गर्ने क्रममा अमर्यादित व्यवहार, शारीरिक आक्रमण, कालोमोसो दल्ने घटनामा आबद्ध व्यक्तिको सदस्यता अविलम्ब खारेज हुन्छ ।’