धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सर्वोत्कृष्ट तथा उत्कृष्ट कृषकलाई सम्मान गरेको छ ।
बुधबार धनगढीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सर्वोत्कृष्ट तथा उत्कृष्ट कृषकलाई सम्मान गरेको हो ।
यसबर्षको सर्वोत्कृष्ट पुरस्कार कञ्चनपुरका राम बडायकलाई नगद एक लाख ५० हजार सहित प्रमाणपत्र प्रदान गरेको छ । यस्तै मन्त्रालयले उत्कृष्ट कृषक पुरस्कार कैलालीका पहलमान देउवा, डडेल्धुराका प्रिन्सराज अवस्थी, प्रशान्त अवस्थी र जयन्ती भाटलाई नगद ७५ हजार र प्रमाणपत्रसहित सम्मान गरेका छन् ।
सम्मानित कार्यक्रममा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले युवालाई कृर्षितर्फ आकर्षण गराएमात्र पहाडका बाँझो खेतमा अन्नबाली उब्जनी सहज हुने बताए ।
सम्मान ग्रहण गर्दै सम्मानित हुने कृषकहरुले बैंकले ऋण प्रवाह नगर्ने, समयमा मल खाद नपाइने, सिचाइ अभाव, उत्पादन भएपनि बजारीकरण नहुने, तरकारी भण्डारी केन्द्र अभाव लगायतका समस्या कृषकहरुले भोग्नुपरिरहेको गुनासो गरेका थिए ।