KhabarUjyalo

सुन प्रकरण: रेडी ट्रेडको गोदाममा छापा, ठूलो मात्रामा ब्रेक शु बरामद

१० श्रावण २०८०, बुधबार
सुन प्रकरण: रेडी ट्रेडको गोदाममा छापा, ठूलो मात्रामा ब्रेक शु बरामद

काठमाडौं । राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको सोह्रखुट्टेस्थित एक गोदाममा छापा मारेको छ । बुधबार साँझ काठमाडौंको सोह्रखुट्टेस्थित झण्डै एक क्न्टिल सुन प्रकरणमा जोडिएको रेडी ट्रेडको गोदाममा ६६ कार्टुन ब्रेक प्याड बरामद गरेको हो ।

उक्त गोदामबाट विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद गरेका पोकाहरूजस्तै फेला पारेको छ । ब्रेक शु, डिस्क ब्रेकका सामानसँगै सुन नाप्ने मेसिन, हिटर पनि बरामद भएको स्रोतले बताएको छ । ती बाकसमा सुन राखिएको आशंका गरिएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo