KhabarUjyalo

कैलालीमा लागुऔषधसहित पक्राउ परेकी एक महिला कारागार चलान

९ श्रावण २०८०, मंगलवार
कैलालीमा लागुऔषधसहित पक्राउ परेकी एक महिला कारागार चलान

कैलाली। कैलालीमा लागुऔषध खैरो हेरोईनसहित पक्राउ परेकी एक महिलालाई कारागार चलान गरिएको छ। कैलालीको लम्कीचुहा नगरपालीका ३ चिसापानी बजारबाट बैशाख १३ गते सोही ठाउकी २९ बर्षीय दीपा बिष्ट (साउँद) लागुऔषधसहित पक्राउ परेकी थिइन्।

सोमबार जिल्ला अदालत कैलालीबाट थुनछेक आदेशानुसार पूर्पक्षको लागि कैलाली कारागार पठाइएको छ। ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख शंकर खड्काले जिल्ला अदालतबाट थुनछेक आदेशानुसार पूर्पक्षको लागि सोमबार बिष्टलाई कैलाली कारागार पठाएको बताएका छन।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo