KhabarUjyalo

बस र ट्रक एक आपसमा ठोक्किदा ११ जना यात्रु घाइते

९ श्रावण २०८०, मंगलवार
बस र ट्रक एक आपसमा ठोक्किदा ११ जना यात्रु घाइते

चितवन : नारायण–मुग्लिङ सडक खण्डमा बस र ट्रक एक आपसमा ठोक्किदा ११ जना घाइते भएका छन्। 

बिहान करीब साढे ७ बजेको समयमा नारायणगढबाट मुगलिङतर्फ गइरहेको रा १८ ख २२३६ नम्बरको बस र बिपरीत दिशाबाट आइरहेको ना ६ ख ४९४२ नम्बरको ट्रक एक आपसमा ठक्कर खाएर दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ। 

दुर्घटनामा ट्रकका चालकको खुट्टा च्यापिएको प्रहरीले जनाएको छ। घाइतेहरु ११ जनाको पुरानो मेडीकल कलेजमा उपचार भइरहेको छ। घाइतेहरुको अबस्था सामान्य रहेको छ

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo