KhabarUjyalo

अत्तरियाको एक होटलबाट कण्डम, ईकोनसहित एक जोडी पक्राउ

८ श्रावण २०८०, सोमबार
अत्तरियाको एक होटलबाट कण्डम, ईकोनसहित एक जोडी पक्राउ

धनगढी : कैलालीको अत्तरियामा रहेको एक होटलबाट अनैतिक क्रियाकलापमा संलग्न एक जोडी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोदावरी नगरपालीका वडा नम्बर २ स्थीत आर्दश गल्लीमा रहेको बोगटी अछाम होटलका सञ्चालक डडेल्धुरा घण्टेश्वरका ३५ वर्षीय प्रकाश थापा र कैलालीको घोडाघोडी नगरपालीका २ की ३० वर्षीय विमला सुनार पक्राउ परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

सोहि होटलको कोठाबाट कण्डम, ईकोन ट्याब्लेट र सरजोल क्रिम बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo