KhabarUjyalo

आरजुलाई गगनको जवाफ- मलाई एनजीओमा काम गरेको अनुभव छैन

८ श्रावण २०८०, सोमबार
आरजुलाई गगनको जवाफ- मलाई एनजीओमा काम गरेको अनुभव छैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूलाई एनजीओको बारेमा थाहा नभएको बताएका छन् ।

सोमबारको केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा उनले आरजु राणा देउवालाई जवाफ फर्काउँदै आफूसँग एनजीओको अनुभव नभएको बताएका हुन् ।

आरजुले केन्द्रीय समिति बैठकमा महामन्त्रीको कार्ययोजना एनजीओको ‘विसलिस्ट’ जस्तो लागेको बताए । आरजुलाई जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।

उनले भने, ‘साथीहरूले कार्ययोजना एनजीओको विसलिस्ट जस्तो छ भन्नुभयो । मैले एनजीओमा काम गरेको अनुभव छैन ।’

उनले आफूहरू फुटबल हारेको टिम जस्तै भएको टिप्पणी गरेका छन् । उनले भने, ‘केन्द्रीय समितिमा पाँच दिन कुरा सुन्दा केही पनि रहेनछ । लोकप्रिय रहेछ पार्टी केही समस्या रहेनछ भन्ने लाग्छ । पार्टी महामन्त्री बोल्छ यो मौन बस्यो भने सबै ठिक हुन्छ भन्ने छ । यो दुईवटै चिन्ताले पार्टी दुर्घटनामा छ । यो बेला समालिने बेला हो । आत्म निरीक्षण गर्नुपर्छ, हामी फुटबल हारेको टिम जस्तो भएका छौँ । यस्तो किन भयो ? बुझ्नुपर्छ ।’

महामन्त्री थापाले आफूले प्रस्तुत गरेको एजेन्डामा लाञ्छना लागेको बताए । उनले भने, ‘पछिल्ला दिनमा महसुस गरेको कुराले आत्तिएको छु । जे बाहिर गयो खुसी छ, जो बाहिर गएन उ दुःखी छ । गाउँको किसानदेखि ठूलो उद्यम गरेकाहरु शिक्षक कोही पनि खुसी छैन ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo