KhabarUjyalo

कैलालीका देवबहादुर सिंहको उपचारमा समस्या, युवाले थाले बचाउ अभियान

७ श्रावण २०८०, आईतवार
कैलालीका देवबहादुर सिंहको उपचारमा समस्या, युवाले थाले बचाउ अभियान

धनगढी : कैलालीको गोदावरी नगरपालिका – १० खमौराका २८ बर्षिय देवबहादुर सिंह आर्थिक अभावले घरमै थला परेका छन् । स्थानीय युवाले मृगी रोगबाट पिडित देवबहादुर सिंहको बचाउ अभियान सुरु गरेका छन् ।


सिंहको आर्थिक अवस्था कमजोर भएपछि स्थानिय युवाले देवबहादुर सिंह बचाउ अभियान थालेका छन् । शनिबार अत्तरिया बजारमा देवबहादुर सिंह बचाउ अभियान संचालन गर्दै व्यापारी,संघ-संस्थाबाट सहयोग संकलन थालेको सन्तोष मल्लले जानकारी दिए । आर्थिक अवस्थाका कारण देबबहादुर सिंहको उपचारमा समस्या आएपछि स्थानीय युवाले स्वतस्फूर्त सहयोग गर्ने र सहयोग संकलन गर्ने गरि अभियान थालेको मल्लले बताए ।

परिवारको आर्थिक अभावका कारण सिंहको उपचार हुन सकेको छैन । आर्थिक अभावकै कारण अन्यत्र अस्पतालमा लैजान नसकिने अवस्था भएपछी स्थानीय स्तरमै रहेको मालाखेती अस्पतालमा राखेर एक महिनादेखि सामान्य उपचार गर्दै आएका छन् । केहि दिनअघि गाउँमा उठाएको रकमले धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्‍याएपनी डाक्टरको सल्लाह अनुसार यता उपचार सम्भव नभएको अन्यत्र अस्पताल लैजानु भनेपछि आर्थिक अभावकै कारण पुनः मालाखेती अस्पताल ल्याएको पिडित देवबहादुरकि बहिनी समिक्षाले बताइन् ।

पिडित देव बहादुरका बुवा छैनन् भने घरमा आमा अपाङ्गता छिन् ।

आर्थिक सहयोग गरिदिन सबै सामु परिवारले अनुरोध गरेका छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo