KhabarUjyalo

एलिना चौहानको पहिलो भजन गित ‘भोले बाबा’ बजारमा (भिडियो)

१ श्रावण २०८०, सोमबार
एलिना चौहानको पहिलो भजन गित ‘भोले बाबा’ बजारमा (भिडियो)

काठमाडौँ । साउन महिनामा भगवान शिवको विशेष पूजा आराधना गरिन्छ । विशेष गरी साउन महिनामा भोले बाबाको नाम जताततै गुन्जिरहेको हुन्छ । यसैबीच चर्चित गायिका एलिना चौहानको पहिलो भजन ‘भोले बाबा’ बोलको भजन गित सार्वजनिक भएको छ ।

शब्द/कम्पोज लेखु सहयात्रीको रहेको उक्त गितमा म्युजिक, मिक्सिङ र एरेन्ज बिशम आचार्यले गरेका छन् ।

म्युजिक भिडियोको फिचर्डमा गायिका एलिना चौहान भोले बाबाको लुक्समा देखिएकी छन् ।

म्युजिक भिडियो एलिना चौहानको अफिसियल युट्युब च्यानलबाट सोमबार सार्वजनिक गरिएको छ ।

भिडियोको सम्पादन मिलन बिश्वकर्माले गरेका छन् भने भिडियो निर्देशन रुपेश थापाले गरेका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo