KhabarUjyalo

डडेल्धुराका उदाउँदो गायक रोहित देउवाले ल्याए देउडा गित ‘सौराई’ (भिडियो)

३० असार २०८०, शनिबार
डडेल्धुराका उदाउँदो गायक रोहित देउवाले ल्याए देउडा गित ‘सौराई’ (भिडियो)

डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा २ कुजाकोटमा जन्मिएका रोहित देउवा सांगितीक क्षेत्रका उदाउँदो गायक हुन्। गायक देउवाले बजारमा ल्याएको पहिलो देउडा गित ‘मुसुर्दानी’ ले सांगीतिक क्षेत्रमामा चर्चा पायो भने उनको परिचय स्थापित गर्न सफल भयो ।

उनको पहिलो सांगीतिक कोसेलीले दर्शक,स्रोता र संगितप्रेमीको अत्यधिक मन जित्यो । त्यसपछि गायक रोहित देउवा बजारमा छाउपडी चेलीको कारुणिक पिडा रहेको देउडा गित ‘लिलु’ ल्याए । उनको त्यो गित पनि सांगीतिक क्षेत्रमा अत्यधिक मन पराउनुको साथै कुप्रथाका कारण दुर्गम छोरीको पिडा संगीतमार्फत दर्शाएको भुमिकाप्रती प्रशंसा समेत पाए ।

गायक रोहित देउवाले बजारमा तेस्रो सांगीतिक कोसेली देउडा गित सौराई ल्याएका छन् । उक्त गितमा देउवा र गायिका दिपा सुहाङको स्वर रहेको छ । गितको म्युजिक र कम्पोज गायक रोहित देउवाले नै गरेका छन् । गितको एरेन्ज अनिल धितालले गरेका छन् ।

म्युजिक भिडियोमा रोहित देउवा र ज्योति सिंहको अभिनय रहेका छ । म्युजिक भिडियो सम्पादन बलबहादुर कुवरले गरेका छन् । भने म्युजिक भिडियोको निर्देशन गौरव गिरीले गरेका छन् । म्युजिक भिडियो शुक्रवार रोहित देउवाको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

उक्त गितको देउवाले आफ्नै गाउँ कुजाकोटमा सुटिङ गरेका छन् । गितमा बाल्यकालको मायापिरती र जन्मभुमिप्रतिको यादगार दर्शाएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo