KhabarUjyalo

जनार्दन शर्मालाई पुनः अर्थमन्त्री बनाउने तयारी

१५ श्रावण २०७९, आईतवार
जनार्दन शर्मालाई पुनः अर्थमन्त्री बनाउने तयारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । विवादमा परेपछि राजीनामा दिउका अर्थमन्त्री जनार्दन शर्मालाई पुनः अर्थमन्त्रीमै नियुक्त गर्ने प्रस्ताव लिएर प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

स्रोतका अनुसार निवर्तमान अर्थमन्त्री शर्मालाई संसदीय समितिले सफाइ दिएपछि उनलाई नै पुनः नियुक्त गर्ने प्रस्ताव प्रचण्डको छ ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाइ मन्त्रालयमा घुसाएकाे र करका दर हेरफेर गरेकाे आरोप शर्मामाथि लागेकाे थियाे । साेबारे छानबिनका लागि संसदीय समिति गठन भएपछि शर्माले राजीनामा दिएका थिए । तर छानबिन समितिले शर्मा निर्दाेष रहेकाे र कुनै प्रमाण फेला नपरेकाे प्रतिवेदन सभामुखलाइ बुझाएकाे छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo