कञ्चनपुर : कञ्चनपुरमा नदिमा डुबेर एक बालकको मृत्यु भएको छ । बेलौरी नगरपालिका वडा नम्बर ५ स्थित दोधा नदिमा डुबेर सोही वडाका अन्दाजी १४ वर्षिय निरज चौधरीको मृत्यु भएको बेलौरी प्रहरी जनाएको छ ।
गाउँबाट तीन वटा बालक घाँस काटन भनी घरबाट गएको र नदि नजिकै खेल्ने क्रममा चिप्लिएर नदिमा डुबेर बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेश सिंह बुढाथोकीले जानकारी दिए । नदिमा माछा मारिरहेका स्थानीयले नदीबाट निकाल्दासम्म बालकको मृत्यु भैसकेको प्रहरी जनाएको छ ।