२४ श्रावण २०७९, मंगलवार

गुडिरहेको मोटरसाइकलमा चट्याङ लाग्दा एक जनाको ज्यान गयो

२२ असार २०७९, बुधबार
[Sassy_Social_Share]
गुडिरहेको मोटरसाइकलमा चट्याङ लाग्दा एक जनाको ज्यान गयो

वाग्मती- पूर्वी मकवानपुरको बागमतीमा मोटरसाइकलमा सवार एकजनाको चट्याङ लागेर मृत्यु गएको छ ।

आज बागमती गाउँपालिका-४ को पाँचपाण्डव भन्‍ने ठाउँमा गुडिरहेको मोटरसाइकलमा चट्याङ लाग्दा मोटरसाइकलमा सवार बागमती-१ करौँजेका २२ वर्षीय दिव्यप्रकाश राईको मृत्यु भएको प्रहरीले जनाएको छ । आज बागमती पालिकाको केन्द्र झुरझुरेबाट डिजेल लिएर करौँजेतर्फ जाँदै गरेको पाँचपाण्डव पुल नजिकै चट्याङ लाग्दा बा ६० प ९४९१ नं को मोटरसाइकलको पछाडि बसेका राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय फाँपरबारीका प्रहरी निरीक्षक कमल लङ्देलीले जानकारी दिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo