२४ श्रावण २०७९, मंगलवार

९ प्रहरी जवान बेहोस, सेती अस्पतालमा उपचार हुँदै

२२ असार २०७९, बुधबार
[Sassy_Social_Share]
९ प्रहरी जवान बेहोस, सेती अस्पतालमा उपचार हुँदै

धनगढी, २२ असार । धनगढीमा प्रशिक्षण गरी रहेका नौ जना प्रहरी प्रशिक्षार्थीलाई ‘हिट स्ट्रोक’ भएको छ । अत्यधिक गर्मीमा दौडेका कारण उनीहरुलाई हिट स्ट्रोक भएको हो । उनीहरुसुदूरपश्चिम प्रदेश प्रहरी गण मुख्यालय धनगढीमा तालिमरत छन् । 
अत्यधिक गर्मीको बेला १० किलोमिटर दौडको क्रममा प्रहरी प्रशिक्षार्थीलाई हिट स्ट्रोक भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 
उनीहरुमा बेहोस हुने, ज्वरो आउने, रक्तचाप कम हुने जस्ता समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । बढी गर्मीमा दौडेका कारण यस्तो समस्या आएको सेती प्रादेशिक अस्पतालको आकस्मिक कक्ष इन्चार्ज भरत खातीले बताए । उनका अनुसार उपचारपछि सात जना डिस्चार्ज भइसकेका छन् । उनीहरुको अवस्था सामान्य रहेको  छ । तर, अलि बढी समस्या भएका दुई जनालाई भने आइसीयुमा राखेर उपचार भइरहेको खातीले बताए । 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo