KhabarUjyalo

सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

२० असार २०७९, सोमबार
सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

देशका धेरै स्थानमा सामान्य बदली रही लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज सोमबार देशभर आंशिक देखि सामान्य बदली रहने मौसमा पुर्वानुमान महाशाखाको अनुमान रहेको छ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाग्मती प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । मंगलबार भने सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo