KhabarUjyalo

भारतिय राजदूतावासले दियो अजयमेरु गाउँपालिकालाई एम्बुलेन्स सहयोग

१९ असार २०७९, आईतवार
भारतिय राजदूतावासले दियो अजयमेरु गाउँपालिकालाई एम्बुलेन्स सहयोग

धनगढी : भारतिय राजदूतावासले डडेल्धुराको अजयमेरु गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको छ। आइतबार गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले उक्त एम्बुलेन्स बुझेका छन्। 

भारतीय राजदूतावासले एक कार्यक्रमका बिच विभिन्न संघ–संस्थालाई ७५ वटा एम्बुलेन्स र विभिन्न विद्यालयलाई १७ वटा बस उपहार दिएको छ। नेपालका विभिन्न जिल्लामा अवस्थित विशेषगरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरूलाई एम्बुलेन्स र बस उपलब्ध गराएको दूतावासले जनाएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo