२४ श्रावण २०७९, मंगलवार

माओवादी केन्द्रका एक नेताले कार्यकर्तालाई खुट्टामा ढोगाएपछि….

१९ असार २०७९, आईतवार
[Sassy_Social_Share]
माओवादी केन्द्रका एक नेताले कार्यकर्तालाई खुट्टामा ढोगाएपछि….

विराटनगर – नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डलको आलोचना भएको छ । कार्यकर्तालाई खुट्टा ढोगाएको भन्दै उनको चर्को आलोचना भइरहेको हो ।

शनिबार बेलुका आफ्नो विवाहको वार्षिकोत्सव कार्यक्रममा मण्डलले कार्यकर्तालाई खुट्टा ढोगाएको भन्दै आलोचना भएको हो ।

वैवाहिक वर्षगाँठ मनाउन भन्दै शनिबार बेलुका देवा यादवसहितका माओवादीका कार्यकर्ताहरु विराटनगर महानगरपालिका वडा नं १ स्थित मण्डलको घर पुगेका थिए ।

केक काटेपछि कार्यकर्ताहरुलाई उनले टीका लगाइदिन्छन् । टीका थापेका कार्यकर्ता देवा यादवसहित अरूले पनि निहुरिएर मण्डलको खुट्टा छुन्छन् । मण्डलले उनीहरूलाई रोक्न पनि नखोजेको भिडिओमा देखिन्छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त भिडिओ सेयर गर्दै कार्यकर्तालाई खुट्टा ढोगाएको भनेर मण्डलको आलोचना गरिरहेका छन् । मोरङको क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित मण्डल पूर्वमन्त्री पनि हुन् ।

उनले यो आफूहरुको पारिवारिक संस्कार भएकाले आलोचनाको विषय नभएको बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo