KhabarUjyalo

डडेल्धुरा बजार अनुगमनमा २७ हजार बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट

१७ असार २०७९, शुक्रबार
डडेल्धुरा बजार अनुगमनमा २७ हजार बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट

डडेल्धुरा: डडेल्धुरामा बजार अनुगमनमा २७ हजार बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले संयुक्त बजार अनुगमनमा २७ हजार २ सय बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरेको हो ।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत हेमप्रसाद ढकालको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, अमरगढी तथा नेपाल पत्रकार महासंघका प्रतिनिधिको संयुक्त टोलीले अनुगमनमा २७ हजार २ सय रूयैयाँ बराबरको म्याद गुज्रिएको, सडेगलेक बस्तु नष्ट गरिएको र आगामी दिनमा भेटिएमा व्यापारीहरूलाई कारबाही गर्ने चेतावनी दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख गणेशदत्त जोशीले जानकारी दिए।

अनुगमन टोलीले पसलहरूलाई सबैले देख्ने गरी मूल्य सूची राख्न तथा होटललाई सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिइएको उनले बताए। संयुक्त बजार अनुगमन टोलीले अमरगढी ५ स्थित तुफानडाडा, बागबजार र बगरकोटका रोड गरि २२ वटा विभिन्न व्यावसायिक फर्म, पसल तथा होटलमा अनुगमन गरिएको थियो।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo