काठमाडौं । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले यस पटक अर्जेन्टिनाले विश्वकप उपाधि जित्ने बताएका छन् ।
शुक्रबार नेपाल ल क्याम्पसको स्थापना दिवस कार्यक्रममा बोल्दै नेम्वाङले कतारमा हुने विश्वकपको उपाधि लियोनल मेसीको टिम अर्जेन्टिनाले जित्ने बताएका हुन् । नेम्वाङ पनि कुनै जमानामा फुटबल खेलाडी थिए ।
अर्जेन्टिनी स्टार लियोनेल मेस्सीका फ्यान भएको भन्दै उनले भने, ‘जे होस यो ताली चै अर्जेन्टिनाले मेस्सीले विश्वकप जित्छन् भन्ने मलाई विश्वास छ ।’
नेम्वाङले आफूले विश्व फुटबलका चर्चित लिगहरु प्रिमियर लिग, ला लिगा आफूले हेर्ने गरेको पनि बताए । मेस्सी पीएसजी गएपछि बार्सिलोनाको खेल हेर्न छाडेको पनि नेम्वाङले बताए ।
उनले भने, ‘अहिले पनि रातको १२ एक बजे उठेर फुटबल हेर्छु । यहाँहरुलाई थाहै छ । इंग्लिस प्रमियर लिग, ला लिगा । मलाई साह्रै मनपर्ने खेलाडी मेस्सी पीएसजी पुगेका छन् । उनी पीएसजी पुगेका हुनले बार्सिलोना हेर्न छाडेको छु । पीएजसीका फुटबल हेर्छु ।’