२४ श्रावण २०७९, मंगलवार

राष्ट्रपतिले झाडु लिएर सडक सफाइ गर्न थालेपछि…

१७ असार २०७९, शुक्रबार
[Sassy_Social_Share]
राष्ट्रपतिले झाडु लिएर सडक सफाइ गर्न थालेपछि…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जगन्नाथ रथयात्राको उद्घाटन गर्नुभएको छ । सुन्धारामा आज आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारीले रथयात्राको शुभारम्भ गर्नुभएको हो । सुभारम्भको क्रममा राष्ट्रपति भण्डारीले झाडुले रथ रहने वरिपरिको स्थान सफाइ गर्नुभएको थियो ।

परम्पराअनुसार रथ सुभारम्भ गर्नुअघि सफाइ गर्नुपर्ने भएकोले राष्ट्रपति भण्डारी आफैले झाडु लिई सफाइ गर्नुभएको हो । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (स्कोन नेपाल)ले आयोजना गरेको सो रथयात्रामा सरिक हुँदै राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गर्नुभयो ।

स्कोनको तर्फबाट नेपालका लागि प्रतिनिधि पत्रिदासले विश्वमा शान्ति कायम गर्न यात्राको आयोजना गरिएको बताउनुभयो । पछिल्लो समय विश्वमा अशान्ति फैलिरहेको भन्दै पत्रिदासले शान्ति कामय गर्न र सबै नेपालीलाई एकीकृृत गर्नु रथयात्राको मुख्य उद्देश्य रहेको जानकारी दिनुभयो ।

सामान्य कार्यक्रम गरेर विगतका वर्षहरूमा पनि गर्ने गरिए पनि राष्ट्रप्रमुखको सहभागितामा भने पहिलोपटक रथयात्रा गरिएको आयोजकले जनाएको छ । सुन्धाराबाट सुरु भएको रथयात्रा सहरका बिभिन्न भाग परिक्रमा गरी आज साँझ वसन्तपुरमा पुगेर सांस्कृतिक कार्यक्रमसहित समापन हुने आयोजकले बताएका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo