२१ श्रावण २०७८, बिहीबार

डडेल्धुरामा एक स्वास्थ्यकर्मी जंगलमा मृत फेला

५ असार २०७८, शनिबार
डडेल्धुरामा एक स्वास्थ्यकर्मी जंगलमा मृत फेला

डडेल्धुरा।डडेल्धुरामा एक स्वास्थ्यकर्मी जंगलमा मृत फेला परेकी छन् । परशुराम नगरपालिका-८ स्थित जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी अस्मिता धामी मृत फेला परेकी हुन् । 

हट्टवानी सामुदायिक वनमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । शव भेटिएको जानकारीपछि इलाका प्रहरी कार्यालय जोगबुढा र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी टोली घटनास्थलमा गएको छ । 

धामीको हत्या गरेर जंगलमा फालेको हुन सक्ने अनुमान गरिएको छ । घटनास्थलमा गएको टोलीसँग सम्पर्क नहुँदा घटनाबारे विस्तृत जानकारी आउन नसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डिएसपी महेन्द्र नेपालले बताए ।

धामी असार २ गते स्वास्थ्य सामग्री पुर्याउन जोगबुढा अस्पताल गएकी थिइन् । त्यही दिनदेखि सम्पर्कविहीन भएपछि परिवारले खोजिदिन आग्रह गर्दै प्रहरीमा निवेदन दिएको थियो । सोधखोज गर्ने क्रममा जंगलमा धामीको शव फेला परेको डिएसपी न्यौपानेले बताए ।   

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
0 Shares
Tweet
Share
Share
Pin