KhabarUjyalo

डडेल्धुरा अस्पतालको अध्यक्षमा सिंहलाई काम गर्न दिन अन्तरिम आदेश

१८ जेष्ठ २०८०, बिहीबार
डडेल्धुरा अस्पतालको अध्यक्षमा सिंहलाई काम गर्न दिन अन्तरिम आदेश

डडेल्धुरा । सर्वोच्च अदालतले डडेल्धुरा अस्पतालको अध्यक्षमा नियुक्त लक्ष्मण सिंहको नियुक्ति खारेज नगर्न अन्तरिम आदेश दिएको छ । सिंहले नियुक्ति खारेज भएको भन्दै रिट निवेदन दर्ता गरेपछि अदालतले नियुक्ति खारेज नगर्न अन्तरिम आदेश दिएको हो ।

सर्वोच्च अदालतको नियमावली २०७४ को नियम ४९ को उपनियम २ अनुसार नियुक्ति खारेज नगर्न र तत्कालका लागि सिंहलाई नै अध्यक्षका रुपमा काम गर्न दिन अन्तरिम आदेशमा उल्लेख गरिएको छ । 


सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मन्त्री मोहनबहादुर बस्नेत र डडेल्धुरा अस्पताल विकास समितिविरुद्ध अन्तरिम आदेश माग गर्दै अदालतमा रिट निवेदन दर्ता गरेका थिए । 
वैशाख १७ गतको प्रधानमन्त्रीस्तरीय निर्णयले सिंहलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको थियो ।

तर उनले पदभार ग्रहण गरेकै दिन मन्त्रीस्तरीय निर्णयबाट उनको नियुक्ति खारेज भएको थियो भने अस्पताल विकास समितिको अध्यक्षमा करुणाकर ओझा नियुक्त भएका थिए । ओझा अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष पनि हुन् । सिंह यसअघि अस्पताल विकास समितिको दुई कार्यकाल अध्यक्ष भइसकेका थिए । 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo