अछाम – अछाममा घाँस काट्न क्रममा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ ।
रामारोशन गाउँपालिका–५ की ६२ वर्षीया पारुदेवी बुढाको बिहीबार बिहान भीरबाट खसेर मृत्यु भएको हो ।
बिहान करिब ७ बजेतिर सोही वार्डको सिन्दुरे भन्ने भीरमा घाँस काट्ने क्रममा भीरबाट खसेर मृत्यु भएको मृतकका भतिजा सुवर्ण बुढाले जानकारी दिए ।