KhabarUjyalo

कञ्चनपुरमा २ भारतीय नागरिकले छोरा भएको भन्दै घरभेटीलाई नशालु लड्डु खुवाएर लुटपाट !

१८ जेष्ठ २०८०, बिहीबार
कञ्चनपुरमा २ भारतीय नागरिकले छोरा भएको भन्दै घरभेटीलाई नशालु लड्डु खुवाएर लुटपाट !

कञ्चनपुर। भीमदत्त नगरपालिका–४ गोबरियामा घरभेटीका सदस्यलाई लड्डुमा नशालु पदार्थ सेवन गराएर गरगहनासहित नगद चोरी गरेका छन् । खगेश्वरी प्वालीको परिवारका सदस्यलाई नशालु पदार्थ सेवन गराएर गरगहनासहित नगद चोरी गरेका हुन् ।

प्वालीको घरमा कोठा भाडामा बस्ने दुई जना भारतीय नागरिकले भारतमा रहेको घरमा छोरा भएको भन्दै खुसियालीमा घरभेटीका सबै सदस्यलाई लड्डु र पेयपदार्थमा नशालु पदार्थ मिसाएर सेवन गराएर बुधबार राति उनको घरबाट १० आनाको तिलहरीसहित नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

लड्डु र पेयपदार्थ सेवन पछि खगेश्वरीसहित परिवारका ८ जना बेहोस भएका उनीहरुको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

चोरीमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo