KhabarUjyalo

पत्रकारिता यात्रालाई बिट मार्दै राजनीतिमा होमिए

१८ जेष्ठ २०८०, बिहीबार
पत्रकारिता यात्रालाई बिट मार्दै राजनीतिमा होमिए

पोखरा । पत्रकार उत्तम पौडेल दुई दशकभन्दा लामो पत्रकारिता यात्रालाई टुंग्याउँदै राजनीतिमा प्रवेश गरेका छन् । २२ वर्षदेखि पोखरामा रहेर सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत राजनीतिमा होमिएका हुन् ।

पौडेलले २२ वर्षअघि माछापुच्छ्रे एफएमबाट सक्रिय पत्रकारिता सुरु गरेका थिए । त्यसपछि न्युज २४ फोर हुँदै ग्यालेक्सी फोकेमा गण्डकी ब्युरो प्रमुखका रुपमा कार्यरत थिए ।

टेलिभिजन पत्रकारितामा अब्बल देखिएका पौडेलले धमिलो राजनीतिलाई संग्लो बनाउन रास्वपामा प्रवेश गरेको बताएका छन् । ‘२२ वर्ष पत्रकारिता गरियो, समस्या कहाँ रहेछ भन्ने पनि थाहा भयो,’ उनले भने, ‘त्यसकारण राजनीतिमा होमिएको हुँ, राजनीतिलाई हामीले संग्लो बनाउनुको विकल्प छैन ।’

देशका सबै खाले भ्रातृ संगठन खारेज गरी सुशासन र समृद्धिका लागि सबै जुट्नुपर्ने उनले बताए । ‘अहिले देश जुन दिशातर्फ जाँदैछ, यसले राजनीति मात्र नभएर देशलाई नै भड्खालोमा हाल्दै छ, देशलाई यसबाट बचाउन पनि राजनीतिमा आएको हुँ,’ पौडेलले भने, ‘नयाँ दलले आफूलाई स्थापित गर्न सकेनन् या पुराना दल पनि सच्चिएनन् भने त्यसको भार जनताले बोक्नुपर्ने निश्चित छ ।’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo