KhabarUjyalo

सेती नदिमा हाम फालेर एक पुरुषले गरे आत्महत्या

१८ जेष्ठ २०८०, बिहीबार
सेती नदिमा हाम फालेर एक पुरुषले गरे आत्महत्या

बझाङ- सेती नदिमा हाम फालेर एक पुरुषले आत्महत्या गरेका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं ४ गोलाई र वडा नं ९ देवल जोड्ने सेती नदिको झुलङ्गे पुलबाट हाम फालेर एक पुरुषले आत्महत्या गरेका हुन् ।

आत्महत्या गर्नेमा सोही नगरपालिका ३ का अन्दाजी ४० वर्षिय कविराज खड्का रहेको जिल्ला प्रहरी कार्यलय बझाङका सुचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।

आज बिहान ९ बजे पुलबाट हाम फालेका खड्काको करीब सय मिटर तर ढुङ्गामा अड्किएको अवस्थामा शव भेटिएको छ । अहिले जिल्ला प्रहरी कार्यलय बझाङबाट प्रहरी निरीक्षक जनक ढुङ्गानाको कमान्डमा प्रहरी टोली घटनास्थल तर्फ गएको र थप विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo