KhabarUjyalo

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन

१८ जेष्ठ २०८०, बिहीबार
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन

काठमाडौं, १८ जेठ । नेपाली भूमि समेटेर भारतले सार्वजनिक गरेको नयाँ नक्साप्रति विरोध जनाउँदै कालीकोटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ । बुधबार ‘चे फोर्स, कालीकोट’ले भारतले नेपाली भूमिसहित जारी गरेको ‘अखण्ड भारत’ नामक नयाँ नक्साको विरोधस्वरुप मोदीको पुत्ला जलाएको हो । 

‘चे फोर्स कालीकोट’का ब्रिगेडियर हिक्मतजंग मल्लले भारतीय विस्तारवाद नीति कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । ‘नेपाल सधैँ सार्वभौम मुलुक हो । हाम्रो भूमि कसैले आफ्नो नक्सामा राख्छ भने हामी चुप बस्दैनौँ । हामी भारतीय विस्तारवाद नीतिको घोर विरोध गर्छौँ,’ मल्लले आक्रोश पोखे ।

‘चे फोर्स’ले राष्ट्रपति रामचन्द्र पौडेलको पनि पुत्ला दहन गरेको छ । पौडेलले बुधबार प्रमाणीकरण गरेको नागरिकता विधेयक राष्ट्रको हितमा नभएको भन्दै उनको पुत्ला जलाइएको हो । भारतले केही दिनअघि नेपाली भू-भाग लुम्बिनी र कपिलवस्तुसहितको नयाँ नक्सा आफ्नो नवउद्घाटित संसद् भवनमा राखेको थियो । यसलाई लिएर अहिले नेपालमा व्यापक विरोध भइरहेको छ । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo