१७ असार २०७९, शुक्रबार

सप्तरीमा बस दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

९ असार २०७९, बिहीबार
[Sassy_Social_Share]
सप्तरीमा बस दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

सप्तरी । सप्तरी जिल्लामा आज भएको बस दुर्घटनामा एकको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका–१ पूर्व–पश्चिम लोकमार्गस्थित कोशी ब्यारेज र कङ्कालिनी मन्दिरबीच ना५ख १८९८ नंको यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार करिव ५५ वर्षीय एक व्यक्तिको मृत्यु भएको र उनको सनाखत हुन नसकेको उद्धार कार्यमा खटिएका सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङले जानकारी दिए ।

विराटनगरबाट कटारी जाँदै गरेको बस अनियन्त्रित भई सडकबाट २० मिटर तल खस्दा दुर्घटना भएको थियो । घाइतेमध्ये उदयपुर कटारी–३ का ७० वर्षीय मानबहादुर तामाङ र उहाँकी श्रीमती ६९ वर्षीया विष्णुकुमारी तामाङको अवस्था जटिल भएकाले विराटनगर पठाइएको, अन्य चार घाइतेको भारदहस्थित जिल्ला अस्पतालमा र पाँच जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

बस चालक फरार भएकाले उनको खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo