१७ असार २०७९, शुक्रबार

जर्मनीका साहसिक साइकलयात्री : जसले १२ देश पार गर्दै नेपाल पुगे, अब बंगलादेश हुदै अमेरिका !

९ असार २०७९, बिहीबार
[Sassy_Social_Share]
जर्मनीका साहसिक साइकलयात्री : जसले १२ देश पार गर्दै नेपाल पुगे, अब बंगलादेश हुदै अमेरिका !

पोखरा : जर्मनीका ३७ बर्षिय युवक मोरिट्ज साइकल यात्रा गरेर १२ देश पार गर्दै नेपाल पुगेका छन् । फुटबल, टेनिस, पूल खेलाडी समेत रहेका उनी भिडियो सम्पादक हुन् ।

उनीले गतवर्ष जर्मनको डसेलडोर्फबाट साइकल यात्रा सुरु गर्दै पोल्याण्ड, युक्रेन, रोमानिया, बुल्गेरिया, टर्किए, जर्जिया, आर्मेनिया, इरान, इमिरेट्स, ओमान र भारत हुँदै सुरु नेपालको पोखरामा पुगेका छन् ।

‘गतवर्ष जर्मनबाट साइकल यात्रा सुरु गरे । म सँधै प्रकृतिको सास फेर्न र पत्ता नलागेको बाटो र साहसिक कार्यहरू खोज्दै छु। मेरो यात्रामा मैले अहिलेसम्म १२ देश पार गरेको छु।’

उनले भने- ‘मैले जर्मनीबाट पोल्याण्ड, युक्रेन, रोमानिया, बुल्गेरिया, टर्किए, जर्जिया, आर्मेनिया, इरान, इमिरेट्स, ओमान भारत हुँदै नेपाल पुगे । मेरो अर्को योजना बंगलादेश र म्यानमार प्रवेश गरी थाइल्याण्ड पुग्ने हो । म विभिन्न महादेशमा धेरै देशहरू पार गर्न इच्छुक छु। क्यानाडा, अमेरिका, दक्षिण अमेरिका मेरो इच्छा सूचीमा छन्।’

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo