काठमाडौँ- सरकारले पहिलोपटक चार महिला एसएसपीलाई एकैसाथ डीआईजीमा बढुवामा सिफारिस गरेको छ।
गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बुधबार साँझ गरेको नेपाल प्रहरीका १७ जना एसएसपीको बढुवा सिफारिसमा एकैपटक चार जना महिना परेका हुन्।
बढुवा सिफारिसमा पर्नेमा किरण बज्राचार्य, मीरा चौधरी, दुर्गा सिंह र किरण राना रहेका छन्।
उनीहरू चारै जनाको आईजीपी बन्ने सम्भावना कायम छ। प्रहरीमा हालसम्म एकैपटक दुईजना महिला अधिकृतमात्र डीआईजी बनेका छन्।
यसअघि, पार्वती थापा र विमला थापा एकसाथ डीआईजी भएका थिए।
अहिले चार जना डीआईजी सिफारिस भएसँगै प्रहरीमा नयाँ इतिहास बनेको छ। प्रहरीमा हालसम्म महिला आईजीपी नियुक्त भएका छैनन्।