धनगढी :गेटामा निर्माणाधिन गेटा मेडिकल कलेजको अस्पताल निर्देशकको जिम्मेवारी डा. प्रमोद जोशीलाई दिएको छ ।
राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद जोशीको गेटा मेडिकल कलेजमा सरुवा गरिएको हो।
जोशीले यसअघि सेती प्रादेशिक अस्पतालमा लामोसमय काम गरेका थिए। सेती प्रादेशिक अस्पतालपछि उनलाई राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएको थियो ।
सरकारले सुरुमा मेडिकल कलेजमा अस्पताल सञ्चालन गर्ने योजना बनाएको छ।